Gold
Bangad salyan

उपत्यकामा आज पनि थप ६१ जना नँया कोरोना संक्रमित थपिए ,

साउन २१ ,काठमान्डौ – उपत्यकामा आजपनि थप ६१ जना कोरोना संक्रमित फेला परेका छन्।

ति मध्ये काठमान्डौमा ५७ जना,ललितपुरमा ४ जना नँया कोरोना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार घना बस्ति भएको स्थानमा कोरोना फैलिरहेको हुँदा सावधानी अपनाउन पनि जानकारी गरेको छ।

मन्त्रालयले माक्स हातले समेत बारम्बार नछुन आग्रह गरेको छ भने कपडाको माक्सलाई दैनिक जस्तो धुनुपर्ने बताएको हो ।

कुनैपनि घरमा पाउन नजान र नबोलाउने गरि घरमै बसी चाड पर्व मनाउन जागेस्वर गौतमले जानकारी दिएका छन्।

उनका अनुसार कतिपयलाई कोरोनाको लक्षण देखा नपर्ने तर मृत्यु भएपछि कोरोना देखिने भएको हुँदा आवस्यक काम नपरी बाहिर नजान समेत आग्रह गरे।