Gold
Bangad salyan

नेपालि सैनिक सहित पर्सामा थपीए ४३ जना कोरोना संक्रमित ,

साउन २२ ,वीरगञ्ज – पर्सामा ६ महिला सहित ४३ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको छ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा चिकित्सक ,नेपाली सैनिक,स्वास्थ्यकर्मी लगायत सहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी पनि छन् ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् ।

संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन्।नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिलापनि कोरोन पुस्टि भएको छ।

तेस्तै नेपाल इन्भेस्टमेन्ट बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका दुई जनामा पनि संक्रमण देखिएको छ ।

मास ट्रेसिङका ६ जना र कन्ट्याक्ट ट्रेसिङका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।