कोरोना संक्रमितलाई दिएको खानामा किरा ,
साउन २२ ,काठमान्डौ – कोरोना संक्रमितलाई दिएको खानामा किरा फेला परेको छ। सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच विवाद भएको छ ।
खाना खाने क्रममा किरा देखिएपछि भएको विवादले बिहिबार राजविराजस्थित साइकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गरेका छन् भने खाना बहिष्कार गरेका छन् ।
संक्रमितहरुले खाना बहिष्कार गरेपछि आइसोलेशन कक्षमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफूहरु माथि दुव्र्यबहार भएको बताउँदै सेवा बहिष्कार नै गरेका छन् ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रञ्जित झाका अनुसार बिहीबार आइसोलेशन कक्षमा स्वास्थ्य सेवाका लागि खटिएका ४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको ४ जना स्वास्थ्यकर्मीलाई अलग्गै आइसोलेसन कक्षमा राखिएको छ ।
संक्रमितले खानामा किरा परेको भनेर फालेका थिए ,व्यवस्थापनले फेरी अर्को खाना पकाएर दिएपछि संक्रमितले फेरी त्यो खाना पनि फ्याँकीदिए र अस्पतालका सामानहरु समेत तोडफोड गरिदिएका हुन्।
स्वास्थ्यकर्मीहरुलाई उनीहरुलाई सम्झाउन पुगेका थिए तर संक्रमितले आक्रमण गर्नथालेपछि स्वास्थ्यकर्मी तथा कर्मचारीहरु अस्पतालका प्रमुख डा. झालाई भेट्न पुगेका थिए ।
उच्छृखंल कार्यमा संलग्न व्यक्तिलाई कारवाही तथा अन्यत्र स्थानमा नसारेसम्म कर्मचारी र स्वास्थ्यकर्मी काम गर्ने अवस्था नरहेको डा. झाले बताए ।
झाका अनुसार केहिदिन अगाडी पनि संक्रमितले आक्रोसमा आएर आइसोलसन कक्षमा निगरानीका लागि जडान गरिएको ३ वटा सीसी क्यामेरा समेत फुटाइदिएको थिए ।

