Gold
Bangad salyan

आज थप ४६४ जना कोरोना संक्रमित थपिए मृतकको संख्या ७० पुग्यो ,

साउन २३ ,काठमान्डौ – नेपालमा आज पनि थप नँया ४६४ कोरोना संक्रमितका बिरामी फेला परेका छन्।

,यो संगै नेपालमा हाल २२ हजार २१४ जना कुल कोरोना संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा ४२५ डिस्चार्ज भएपछि निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ भने गत २४ घन्टामा स्वास्थ्य मन्त्रालयले कोरोना ७,९२६ परिक्षण गरेको बताएको छ।

तेस्तै देशभर हाल ६ हजार ३३० जना सक्रिय बिरामीको उपचार भईरहेको मन्त्रालयले जनाएको छ। तेस्तै हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या ७० पुगेको छ।