Gold
Bangad salyan

पर्सामा ७५ जनामा कोरोना संक्रमणको पुस्टि ९ जना प्रहरीसहित ,

साउन २५ ,वीरगञ्ज- पर्सामा ९ प्रहरी सहित ७५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा उनीहरुलाई कोरोना पुस्टि भएको हो।

संक्रमितमध्ये १५ जना महिला छन् ,महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् ।

तेस्तै आफै पैसा तिरेर परीक्षण गराएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन् ।त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ६ निवासी ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला परवानीपुर ३ निवासी ३२ बर्षिय १ जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका ६ निवासी २२ बर्षका १ जना पुरुष र सर्लाही जिल्लाका ३६ बर्षका १ जना पुरुष रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।