Gold
Bangad salyan

सुर्खेतमा समुदाय स्तरमा कोरोना फैलियो आज १९ जना संक्रमित भेटिए ,

साउन २८ ,सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जना कोरोना भाइरस संक्रमणका बिरामी फेला परेका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए ।

संक्रमण पुस्टि हुनेहरुमा ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका छन्र भने ५ जनालाई समुदाय स्तरमा गरिएको परीक्षणमा कोरोना फेला परेको प्रमुख वाग्लेले जानकारी दिए । संक्रमित ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।