बाँकेको कारागारमा कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि दैलेख पठाईयो ,
साउन २९ ,बाँके – नेपालगंज बाँकेको कारागारमा रहेका कैदीबन्दी र थुनुवामा कोरोना संक्रमण बढेपछि अन्यत्र जिल्लामा सरुवा गरिएको छ।
कोभिड १९ संक्रमण कैदीबन्दीमा देखिन थालेपछि बाँकेको कारागारमा रहेका महिला कैदीबन्दीलाई दैलेख र थुनुवालाई बर्दिया जिल्ला कारागारमा पठाईएको हो।
स्थानुया प्रशाशनको समन्यवमा ३१ जना महिला कैदीबन्दी र उनका आश्रित बालबालिकालाई दैलेख जिल्लाको कारागारमा पठाईएको छ भने १५ जना थुनुवा जसमा एक नाबालक आश्रितलाई बर्दिया कारागारमा लगिएको हो।
तिन सय कैदीबन्दी क्षमता रहेको बाँके कारागारमा दोब्बर ८१७ थुनुवा छन्।

