आज थप ५२५ जना कोरोनाका संक्रमित थपिए ,मृ,तकको संख्या ९५ पुग्यो ,
साउन २९ ,काठमान्डौ – नेपालमा आज ५२५ जना कोरोना भाईरसका बिरामी थपिएका छन् ,यो संगै नेपालमा २४,९५७ कोभिड १९ का बिरामी देखिएका छन्।
विगत २४ घन्टामा १०९ जनाले कोरोनालाई जितेर घर फर्कीएपछि कुल निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।
तेस्तै हाल नेपाल भर ८ हजार २५ जना सक्रिय कोरोनाका बिरामीको उपचार भईरहेको छ भने देशभरका क्वारेईनटाईनमा १४ हजार ७६९ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गरेको छ।
सरकारले विगत २४ घन्टामा देशका ३८ वटा प्रयोगशालामा ९ हजार ८५९ जनाको पिसीआर रिपोर्ट परिक्षण गरेको बताएको छ। तेस्तै कोरोनाबाट मृ,त्यु हुनेको कुल संख्या ९५ पुगेको छ।विगत २४ घन्टामा ४ जनाको कोरोनाबाट मृ,त्यु भएको हो।
दुई सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्ला पर्सा ,रौतहट ,महोतरी काठमान्डौ रहेका छन् भने कोरोना शुन्य हुने जिल्ला संखुवासभा ,मनाङ्ग ,मुस्ताङ्ग डोल्पा र हुम्ला छन्।

