लिदी जोखिममा छ बस्ति सारिदिनुहोस भनेर पत्र लेखेको ९ दिनमा घट्यो भयानक दुर्घटना ,
साउन ३० ,काठमान्डौ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडान २ लिदीस्थित लामाटोलमा आज बिहान गएको पहिराबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
पहिरोले ३७ घर पुरेको छ भने पाँच जना घाईते छन्। घाईतेलाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरी चौतारा अस्पतालमा उपचार गराइएको छ ।
जुगल गाउँपालिका २ का स्थानीयले आफुहरु बसेको बस्ति पहिरोबाट क्षति हुनसक्ने भन्दै स्थानिय गाँउपालिकालाई पहिलेनै खबर गरेका थिए।
जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर बिकले भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै जिल्ला विपद व्यवस्थापन समितिमा गत २२ गते पत्र पनि पठाएको बताए ।
गाउँपालिकाले लिदि, सानोनाम्फा, नाम्खा/सुकुली, सञ्चगाउँ/झुल्के र निम्लुङ/बैगाड टोलको भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै २२ साउनमा पत्र पठाएको थियो ।
‘प्रदेशमा पत्राचार हुने क्रममा थियो तर, विपत् आजनै आयो लोकबहादुर विकले भने।


