Gold
Bangad salyan

सांसद शाहीको अर्को उदाहरनिय काम सुर्खेतमा बाढीपिडितका १५ सय २० घरमा जस्ता पाता लगाउने तयारी ,

भदौ १ ,काठमान्डौ – सुर्खेतमा गरिबीको रेखामुनि ,र प्रकोपमा रहेका झन्डै १५ सय २० घरमा जस्ता पाता लगाईने सुर्खेत क्षेत्रन १ का माननीय सांसद धुर्व कुमार शाहीले बताएका छन्।

शाहीको अध्यतामा हिजो बसेको सुरक्षित नागरिक आवास समन्वय समितिकाे वैठकले यस्तो निर्णय गरेको हो।

नागरिक आवास कार्यान्वयन कार्यविधि पहिलो संसोधन २०७७ अनुरुप सुर्खेतका नगरपालिका मेयर, उपमेयर गाँउपालिका अध्यक्षहरु संग छलफल गर्दै यो कार्यक्रम अगाडी बढाईएको छ।

सुरक्षित र वतावरण मैत्री आवासको लागि प्रकोपमा परेका ,बाढीले घरबार बिहिन भएका गरिबीको रेखामुनि रहेका नागरिकलाई खर तथा परालका छाना भएका घर धुरीलाई जस्ता पाता लगाईने बैठकले निर्णय गरेको हो।

जसमा सिम्ता गाँउपालिका क्षेत्रमा २ सय ३० ,गुर्भाकोट नगरपालिका क्षेत्रमा ३ सय २० ,भेरीगङ्गा नगरपालिकामा २ सय ५० पराल र खरका छानामा जस्ता पाता लगाईने छ।

तेस्तै चिङ्गाडमा २ सय ,लेकवेशीमा २ सय ५० ,विरेन्द्रनगरपालिकामा ६३ ,र २०७ बाढीपिडित गरिबीको रेखामुनि रहेका घर धुरीलाई जस्ता पाता लगाई सुरक्षित आवास निर्माण गर्ने बैठकले निर्णय गरेको हो।

माननीय धुर्ब शाही अहिले आफ्नो क्षेत्र सुर्खेतमा पुगेका छन् ,उनले सुर्खेतमा गरिबीको रेखामुनि रहेका पिडित बाढी प्रकोप लगायतको अध्यन समेत गर्ने छन् भने राजनीतिक भेटघाट पनि रहने छ ।

क्षेत्रमा अगाडी बढाईएका विकासका योजनाहरुलाई प्रथामिकताका साथ् अगाडी बढाईने पनि शाहीले रंग दर्पणसंग बताएका छन्।