Gold
Bangad salyan

नेपालखबरको यो पत्रकारिताले कलाकार अर्जुन घिमिरे ( पाँडे) तनाबमा ,काउन्सिलमा उजुरी ,

भदौ १ ,काठमान्डौ – सायद नेपालमा पत्रकारिता पढेर आएका मान्छे खोज्ने हो भने अमलामा गन्न पर्छ,त्यो पनि शुद्द निस्पक्ष ढंगले पत्रकारिताको भूमिका निभाउने त को होला र भनेन यस्तै प्रश्न सबैको मनमा छ।

कम गर्ने क्रममा अन्जानमा केहि गल्ति हुनसक्छन ,तर जानीजानी गल्ति गर्नुलाई नागरिकले के जवाफ दिन सक्छन किन कि जसमा सरकारको कानुननै अन्धो छ।

जसले गलत लेख्छ ,जसले भल्गर फोटो पोस्ट गर्छ ,जसले आपतिजक र उत्तेजित टाईटल राख्छ तेसैको लाईक कमेन्ट बढी आउछ ,नेपालको रितिनै यस्तै हो ।

काउन्सिलमा उजुर दिदै गरेका चर्चित हास्य व्यंग्य कलाकार पाँडे ,

यस्तै एक नेपालखबर अनलाईनले ३ वर्षे बालिका बलात्कार शिर्षकमा चर्चित कलाकार अर्जुन घिमिरे पाँडेको फोटो राखेको छ ,तेती मात्र हैन फोटो दुईवटा जानी जानी राखेको पाईएको छ। यो समचारलाई देखेपछि पाँडे अहिले निकै तनाबम छन्।

उनले प्रेश काउन्सिलमा पुगेर उजुरी पनि दिएका छन्। उजुरी परेपछि कारबाही अगाडी बढाईएको प्रेश काउन्सिलका बरिस्ठ प्रशाशन सहायक महेन्द्र सिंहले जानकारी दिए।

यस्तै विविध घटना नेपालमा गनीनसक्नु छन् काउन्सिलमा उजुरी पनि परेका छन् तर कारबाहीको दायरभने बढेको देखिदैन।

पछिल्लो समय भने प्रेश काउन्सिलले कडा कदम लिएको छ ,केहि हप्ता अगाडी मात्र समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको बढाई चढाई तथ्य हिन सम्प्रेषण गर्ने माउन्टेन टेलिभिजन कालो सुचिमा परेको छ।