Gold
Bangad salyan

समुदायमा कोरोनाको सन्त्रास गुर्भाकोटमा पार्टी प्रवेशको रोइलो र चुनावी प्रचार ,

भदौ १ ,काठमान्डौ – अहिले विश्वनै कोरोना भाइरसको संक्रमणले ग्रसित छ ,,नेपालका ७७ वटै जिल्लका प्रदेश स्थानीय हुँदै समुदायस्तरमा कोरोना भाईरसको सन्त्रास बढेको बेला छ।

यस्तै बेला गुर्भाकोट नगरपालिकामा भने सामाजिकदुरी कायम नगरी स्वास्थ्य मापदण्ड विपरित पार्टी प्रवेश गराउने गरेको देखिन्छ।

यो तस्विर हेर्दा लाग्छ गुर्भाकोट नगरपालिकामा चुनाव आएको हो कि ? किन कि यँहा कांग्रेसको झन्डा समेत बोकेर फरफराउने गरेको देखिन्छ भने ग्रुपमा कसले पनि माक्स प्रयोग गरेको देखिदैन।

,आजमात्र नेपालि कांग्रेसमा सहारेबाट २० जना भन्दा बढीले पार्टी प्रवेश गरेको भन्दै सामाजिक सञ्जाल रंगाउने गरेको देखिन्छ।

समारोहमा नेपालसरकारका रास्ट्रसेबक कर्मचारि सहित पार्टि प्रबेश कार्यक्रम भनेर सहभागी भएको देखिन्छ।

जनसभामा नगरपालिकाका मेयर ,उपमेयर देखि राजनीतिक कार्यकर्ताको सहभागिता देखिन्छ भने नव पार्टी प्रवेशीहरुलाई नगरप्रमुख हस्त पुनले स्वागत गरेका छन्।

कोरोना महामारीलाई मध्यनजर नगरेको र समजिक्दुरी कायम नगरेको भन्दै अहिले नगरपालिकाको सामाजिक सञ्जालमा अचारको विरोध भईरहेको छ।