Gold
Bangad salyan

वीरगञ्जको कोरोना अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार ,

भदौ ७ ,वीरगन्ज – वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत गरिरहेका दुई थुनुवा शनिबार राति भागेका छन् ।

रातको करिब २ बजे स्वास्थ्यकर्मी राउन्डमा आउँदा दुई संक्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अस्पतालको पछाडी रहेको पोखरीमा हामफालेर भागेको हुनसक्ने अस्पताल श्रोतले जनाएको छ।

भागेकाकाको खोजिभईरहेको पर्सा प्रहरी प्रवक्त डीएसपी मनोजित कुँवरले बताए।दुवैजना सार्वजानिक मुद्दामा पक्राउ परेका ब्याक्ति हुन् ,।

उनीहरुमा कोरोना संक्रमण देखिएपछि ‘वडा प्रहरी कार्यालय बिर्ताले थुनुवालाई अस्पताल पठाएको थिय। उनीहरुको मुद्दाको फाईलसमेत पेश भईसकेको छ।