उपत्यकामा १५ गते सम्म निषेधाज्ञा जारि गर्न सुझाव ,
भदौ ८ ,काठमान्डौ – काठमान्डौ उपत्यकामा गरिएको निषेधाज्ञा १५ गते सम्म जारि गर्न जिल्ला प्रशाशनले सुझाव दिएको छ।
उपत्यकामा कोरोना संक्रमणको डर बढ्दै गएपछि नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले निषेधाज्ञाको स्थितिलाई भदौ १५ गते सम्म कायम राख्न तीन वटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय गरेको हो।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञालाई केही समय थप गर्न जिल्ला प्रशासनलाई सुझाव दिँदै पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाइएको बताए।
भदौ ४ देखि लागू भएको निषेधाज्ञाको अवधि १० गते राति १२ बजेसम्म तोकिएको थियो। अहिले उपत्यकामा बाहिरबाट कोहिपनि नआएपनि उपत्यकामा दनिक संक्रमित बढेको र पीसीआर बढाएर परीक्षण गर्दा संक्रमणको अवस्थालाई नियन्त्रणमा लिन सकिने शाक्यले बताए।
‘अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबैको एकपटक परीक्षण गर्ने निर्णय भएको बताउदै शाक्यले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको जानकारी दिए।

