बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ्लाइ निरन्तरता दिने निर्णय ,
भदौ ९ ,काठमान्डौ – बिद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ्गलाई निरन्तरता दिने आजको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।कुलमानको कार्यकाल सकिदै गर्दा प्राधिकरणमा विभिन्न व्यक्तिको तछाड र मछाड गरेका थिए ।
कुलमान नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त भएको छ भने प्राधिकरण नाफामा समेत गएको छ ।
जनतालाई १८ घन्टाको लोड सेडिङ्गबाट मुक्त गराई २४ घण्टा उज्यालोको आभास गराउने उज्यालो अभियानका रुपमा चिनिने घिसिङ्ग बाहेक अन्य कुनै ब्याक्तिलाई प्राधिकरणको प्रमुख बनाए राम्रो नहुने भन्दै जनताले चौतर्फी सरकारलाई खबरदारी गरेका थिए।

