Gold
Bangad salyan

नेपालमा एकै दिन १२ जनाको कोरोनाबाट मृ,त्यु ,

भदौ १२ ,काठमान्डौ – नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृ.त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गरेको छ।

जसमा ४ महिला र ८ पुरुष रहेका छन्। यो संख्या संगै कुल नेपालमा मृतकको संख्या १९५ पुगेको छ भने यो कुल मृ,त्यु प्रतिशतको ०.५३ हो।

मोरङ्गको ५६ वर्ष र ६५ दुई जना वर्षीय महिला भक्तपुरको ६४ वर्षीय महिला र मकवानपुरको एक ७१ वर्षीय महिला छन्।

तेस्तै उदयपुरको ५२ वर्षीय पुरुष ,पर्साको ७२ वर्षका एक पुरुष ,धनुषाका ४५ वर्षका पुरुष ,सिराहाका ५५ वर्षका एक पुरुष झापाका ८३ वर्षका पुरुष ,चितवनका ५१ वर्षका एक जना ,कास्कीको ५२ वर्षीय एक पुरुष र रुपन्देहीको ६० वर्षीय एक पुरुषको निधन भएको हो।