आज थप ८८४ जना कोरोना संक्रमित थपिए मृतकको संख्या २०७ पुग्यो ,
भदौ १३ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप ८८४ जना अकोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
तेस्तै काठमाडौं उपत्यकामा १८६ जना संंक्रमित थपिएका छन् ।काठमाडौंका १५५ ललितपुरमा १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सगै आज १२ जनाको कोरोनाबाट मृत्यु भएपछि मृतकको संख्या २०७ पुगेको छ।
तेस्तै पछिल्लो २४ घन्टामा ३१५ जना डिस्चार भएपछि हाल सम्म २० हजार ५५५ जना कोरोना मुक्त भएका छन्।नेपालमा कुल कोरोनाको संख्या ३७ हजार ३४० पुगेको छ।

