बाँदरलाई हानेको गोलि बालकलाई लागेर मृत्यु ,
भदौ १३ ,काठमान्डौ -खोटाङमा बाँदरलाई हानेको गोलि लागेर खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा १२ वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय २४ वर्षका मानकाजी तामाङले बाँदरलाई हानेको गोलि गाउँपालिका,४ जलेश्वरी थापागाउँका बालक शैलेन्द्र तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको हो।
गोलि हाने मानकाजीलाई बन्दुक सहित पक्राउ गरेको खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए। मृतक बालक मानकाजीका जेठानका छोरा हुन् आमा बुवा विदेशमा रोजगारीका लागि गएका कारण बालक आफन्तकोमा बसिरहेका थिए।
घरदेखि एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन साँझ बालकलाई लिएर मानकाजी गएका थिए।
बाँदर धपाउने क्रममा उनले बन्दुक पड्काउँदा बालकको अनुहार तथा टाउकोमा गोलि लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिएको चिमरियाले बताएका छन् । मृतक बालकको शव प्रहरीले आफन्तलाई बुझाएको छ।

