बाँकेका पूर्वाधार विकास कार्यालय प्रमुख ५ लाख ३० हजार घुससहित प,क्राउ ,
भदौ १४ ,बाँके – पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याल रु ५ लाख ३० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई श्रोत नखुलेको रकम ५ लाख ३० हजार नगदसहित पक्राउ गरेको हो ।
,अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।
अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

