Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितबाट मृ,त्यु हुनेको संख्या २२८ पुग्यो आज ७ जनाको निधन ,

भदौ १५ ,काठमान्डौ – नेपालमा हाल सम्म कोरोनाबाट मृ,त्यु हुनेको संख्या २२८ पुगेको छ। विभिन्न प्रदेश जिल्ला स्थानीय तह गरि सो संख्या पुगेको हो।

तेस्तै पछिल्लो २४ घन्टामा ७ जनाको कोरोनाबाट निधन भएको छ। जसमा महोतरीमा ४ वर्षीय बालिका ,गोरखामा ६५ वर्षीय महिला ,र ६८ वर्षीय एक महिलाको रुपन्देहीमा कोरोनाका कारण मृत्यु भएको छ।

यस्तै झापामा ८६ वर्षीय एक पुरुष ,रौतहटका ४० वर्षीय पुरुष ,चितवनमा ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय एक पुरुषको निधन भएको हो।

नेपालमा कोरोना संक्रमणको असहज वातावरण हुन नदिन नेपाल सरकार स्वास्थ्यमन्त्रालयले स्वास्थ्य मापदण्डले तोकीएका कार्य नियमित गर्नहुन पनि आग्रह गरेको छ।

तेस्तै स्वास्थ्य मन्त्रालयले निर्णय गरेको अनुसार अब जुनसुकै अस्पताल ,ल्याबबाट रियल टाईम गर्दा ४ हजारमा टेस्ट गर्न पाईने बताएको छ भने अस्पतालले पीसीआर परिक्षण टेस्ट नगरी स्याम्पल कलेक्सनमा ४४०० शुल्क लाग्ने बताएको हो।