आज थप ११२० जना कोरोना संक्रमित फेला १११२ डिस्चार्ज,
भदौ १७ ,काठमान्डौ – आज थप नेपालमा ११२० जना नँया कोरोना संक्रमित फेला परेका छन्।
ति मध्ये ३२० महिला छन् भने ८ सय पुरुष गरि हाल सम्म कुल संक्रमितको संख्या ४१६४९ पुगेको हो ।आजको आरटि पीसीआर परिक्षण १२ हजार ८७९ छ।
तेस्तै काठमान्डौमा ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ गरि आज उपत्यकामा ३८८ जना नँया संक्रमित फेला परेका छन् ।
आजसम्म देशभर १८१०८ ,जना सक्रिय संक्रमितको उपचार भईरहेको छ ति मध्ये १०४९३ संस्थागत र ७६१५ जनाको होम आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभरका क्वारिनटिनमा ६७६६ जना रहेका छन्। गत २४ घन्टामा १११२ जना डिस्चार्ज भएसंगै कुल २३२९० जना निको भईसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए ।
आज विभिन्न जिल्लामा गरि थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ यो संगै कोरोनाबाट निधन हुनेको संख्या २५१ पुगेको छ।
तेस्तै सामाजिक सद्भाव कायम राखी कोरोना संक्रमणबाट आफु बच्न र परिवारलाई पनि बचाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
तेस्तै हाल ५ सय भन्दा माथि सक्रिय बिरामी रहेका जिल्लामा निषेधाज्ञाजारि र २०० सम्म सक्रिय बिरामी रहेका जिल्लामा बन्दाबंदीको गर्नकोलागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ।
स्वास्थ्य मन्त्रालयले आधिकारिक पुस्टि गर्नुभन्दा पहिलेनै अस्पतालले समचार माध्याममा कोरोनाका समचार दिने र भन्ने गरेपछि समचारमा केहि अफावाह फैलाएको भन्दै तेसो नगर्न पनि आग्रह गरेको छ। तेसैगरि मिथ्य समचार र आंकडाको पछि कोहि नलाग्न पनि मन्त्रालयले सबैमा जानकारी गरेको छ।

