Gold
Bangad salyan

ललितपुरमा कर्फ्यू हटाईयो अब निषेधित क्षेत्र घोषणा,

भदौ २० ,काठमान्डौ – शुक्रबार राति १० बजेबाट ललितपुरमा कर्फ्यू हटाईए र दुई क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

ललितपुरमा रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएकोहो।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने छ भने ५ जना भन्दा बढी जम्मा हुन नपाउने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

 

निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने भट्टले जानकारी गरे । बिहीबार मछिन्द्रनाथको रथ तान्न आएका व्यक्ति र प्रहरीबीच झडप भएको थियो।

झडपमा एक ट्राफिक प्रहरीलाई केहि युवासमुहाले मर्नानुसम्म कुटपिट गरेपछि प्रशासनले शुक्रबार बिहानदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको थियो।