उपत्यकामा थप ४०८ जना नँया कोरोना संक्रमित फेला ,
भदौ २० ,काठमान्डौ – उपत्यकामा थप ४०८ जना नँया कोरोना संक्रमित गत २४ घन्टामा थपिएका छन्।
जसमा काठमान्डौमा ३२६ ,भक्तपुरमा ४५ ,र ललितपुरमा ३७ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभरबाट फेला परेका १ हजार ४१ जना नँया कोरोना संक्रमित संख्याबाट उपत्यकामा सो संख्या फेला परेको हो।

