आज देशभर थपिए ९८० कोरोना संक्रमितका बिरामी ,९ जनाको निधन ,
भदौ २१ ,काठमान्डौ -आज देशभर ९८० जना नँया कोरोना संक्रमितका बिरामी ,थपिएका छन्।
देशभरका प्रयोगशालामा गरिएको १० हजार ३८२ स्वाब परिक्षणमा २९० महिला ६९० पुरुष थपिएपछि हाल सम्म कुल कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको हो।
पछिल्लो २४ घन्टामा १८ सय १४ जना डिस्चार्ज भएपछि कोरोनालाई जित्नेको संख्या २८ हजार ९४१ पुगेको छ यो कुल संक्रमित संख्याको ६३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
तेस्तै आजको मिति सम्म देशभर १७ हजार २७ जना सक्रिय बिरामीको उपचार भईरहेको छ।
जसमा ९ हजार २०१ संस्थागत र ७ हजार ८२६ होम आईसोलेसनमा रहेका छन्। देशभरका क्वारिनटिनमा ४ हजार ७०३ जना रहेको मन्त्रालयले जनाएको हो।तेस्तै गत २४ घन्टामा ९ जनाको कोरोनाका कारङ निधन भएपछि मृतकको संख्या २८९ पुगेको छ।

