Gold
Bangad salyan

कोरोनाबाट मृत्यु भएका व्याक्तिहरुको अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ ,

भदौ २२ ,काठमान्डौ – नेपालमा कोरोनाबाट मृत्यु भएका हरुको गोप्य रुपमा अंग निकाल्ने र शव आफन्तलाई नदेखाउने गरिएको भन्दै सामाजिक संजालमा अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको र आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई पाक्राउ गरेको हो।

नागरिकमा पुस्टिहिन डरलाग्दा अफवाह फैलाएको अभियोगमा ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताए।

सुब्बाले आफुले कोरोना सम्बन्धि भ्याक्सिन निर्माण गरेको समेत दाबि गर्दै आईरहेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा युटुबरहरुसंग कोरोना र कोरोनाको अफवाह फैलाउनेको जमात छ। जसमा आफुलाई प्राकृतिक चिकित्सक देखि डाक्टर रहेको समेत बताउने गरेका छन्।

उनीहरुले कोरोनाबाट मृतकको पोस्ट्मापन नहुनु , शरीरका विभिन्न भागका अंग निकाल्ने गरेको भन्दै अभिव्यक्ति दिने गरेका छन्। लिम्बु यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोबाट पक्राउ परेका थिए ।

लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीले तयारि गरेको बताएको छ ।

तेस्तै सामाजिक सञ्जालमा अन्य थुप्रै व्यक्तिले पनि लिम्वुको जस्तै अभियक्ति दिने गरेका छन्। प्रहरीले उनीहरुको खोजि गरिरहेको छ।