Gold
Bangad salyan

आज थप ९७९ जना कोरोना भाईरस संक्रमणका बिरामी फेला कुल संक्रमित संख्या ४७ हजार बढी ,

भदौ २२ ,काठमान्डौ – आज नेपालमा थप ९७९ जना कोरोना भाईरस संक्रमणका बिरामी फेला परेका छन्।

देश भरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ आरटिडि पीसीआर परिक्षणमा ९७९ जना कोरोना संक्रमण देखिएपछि आजको मिति सम्म कुल ४७ हजार २३६ कोरोना संक्रमित देखिएका हुन्।

तेस्तै गत २४ घन्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ छ हाल सम्म कुल ३० हजार ६७७ जनाले कोरोना जितेर घर फर्किसकेका छन् यो कुल कोरोना संक्रमित संख्याको ६५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

देशभर हाल सम्म १६ हजार २५९ जना सकृय कोरोना संक्रमितको उपचार भईरहेको छ ,हाल संथागत आईसोलेसनमा ९ हजार ६९ र होम आईसोलेसनमा ७ हजार १९० जना रहेका छन। भने देशभरका क्वारिनटिनमा ४ हजार ७३९ जना रहेका छन्।