सरकारले जनतालाई फेरी भन्यो तिन दिनमा राजश्व बुझाईसक्नुहोस ,
भदु २२ ,काठमान्डौ – भोलि देखि बिहिबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै बैंकका शाखा खुल्ला गर्न निर्देशन सरकारले दिएको छ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
सरकारले २५ गते सम्म सबैलैई राजस्व तिर्न ताकेता गरेको छ। कोरोना महामारीले थोरै बैंकका शाखा खोल्दा भिड भद् हुने भएकोले सबै बैंकका शाखा खोलेर राजश्व उठाउने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको राष्ट्र बैंकले बताएको छ ।

