Gold
Bangad salyan

अबको निषेधाज्ञा मोडालिटी सहित खकुलो हुने संकेत ,

भदौ २४ ,काठमान्डौ – उपत्यकामा जारि निषेधाज्ञा केही खुकुलो हुने भएको छ। मंगलबार बसेको बैठकमा तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमोदनका लागि गृहमन्‍त्रालयमा पठाएका छन्।

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर गृहसमक्ष खुकुलो पार्न प्रस्ताव गरेका हुन्।

गृहमन्त्रालयबाट अनुमति आएपछि बुधबार अपरान्हसम्म तीनै जिल्ला खुकुलो व्यवस्थासहितको निषेधाज्ञा जारी हुने एक प्रमुख जिल्ला अधिकारीलेले बताए।अबको नँया मोडालिटी अनुसार निजि सवारी साधनलाई जोर विजोर गरेर चल्न दिईने भएको छ ।

तेस्तै दैनिक उपभोग्य वस्तुलाई समय तोकेर निजि कार्यालय उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको छ। तर अझै होटल रेष्टरेन्ट,सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने खुला गरिने छैन।

निरन्तरको लकडाउन समाधान नभएको तर्क गर्दै उद्योगी तथा व्यवसायीले निषेधाज्ञा खकुलो नबनाए अवज्ञा गर्ने चेतावनी दिदै आएका छन्। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाकामा सेनासहितको कडा सुरक्षा व्यवस्था गरेर उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने सुझाव दिएको थियो।

उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले भदौ २ गतेको पहिलोपटक एक हप्ताका लागि निषेधाज्ञा जारी गरेका थिए। तेस्पछि भदौ १० गतेको निर्णयानुसार यही भदौ १७ गते रातिलाई निरन्तरता दिइएको थियो।

१७ गतेबाट एक हप्ता निरन्तरता दिईएको निषेधाज्ञा आज राति १२ बजेबाट अन्त्य हुँदै छ। निषेधाज्ञा गरिएपनि य्पत्यकमा दैनिक जस्तो कोरोना संक्रमित थपिदै गएका छन्।