कोरोनाको नाममा सरकारले पैसा उठाउने मात्र काम गर्यो देउवा ,
भदौ २४ ,काठमान्डौ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले कोरोनाको नाममा भ्रस्टाचार बाहेक अरु कुनै काम नगरेको बताएका छन्।
१०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले यो सरकारले पैसा उठाउने भ्रस्टाचार गर्ने र कोरोना नियन्त्रणमा कुनै पहलकदमी नगरेको टिप्पणी गरेका हुन्।
नेपालमा दैनिक जस्तो कोरोना संक्रमित बढ्दै गईरहेका मृतकको संख्या बढ्दै गईरहेकोबेलामा पनि पीसीआर रिपोर्ट परिक्षणको मात्र नबढाएको देउवाले आरोप लगाएका हुन्।
गोस्ठिमा देउवाले बीपी कोइराला सानो देशका ठूलो नेता भएको पनि बताए । तेस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारले भ्रष्टाचार रोक्न नसकेको बताएका थिए ।
सरकारले आफ्नो भुँडी भर्ने र गरिब निमुखा जनता सडकमा रुँदै हिड्दा समेत सरकारले कुनै चासो नराखेको पौडेलले बताए।
भर्खरै पूर्व-पश्चिम रेलको ठेक्काका नाममा ३५ अर्ब भ्रष्टाचार गर्न लागेको सरकारलाई आफुहरुले खबरदारी गरेपछि ठेक्का रोकीएको पनि उने बताए।

