Gold
Bangad salyan

नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नपाउने ,

भदौ २५ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताहरुले अब भने आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने गरि लेख्न नपाउने भ एका छन्।

बिहीबार बस्न लागेको स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको बताईएको छ ।

स्थायी कमिटीको बैठकअगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ । अहिले सम्म नेकपाका कार्यकर्ताले एक अर्कामा आलोचना अहुने घोच पेचहरुहुने गरि लेख्ने गरेका थिए।

तेती मात्र नभई कतिपएले भने पुर्व एमाले र पुर्व माओवादी समेत टिकाएर लेख्ने गरेको पाईन्छ। ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद सबैलाई यो बैठक निर्देशित गर्दछ नेकपा स्थायी कमिटीको बैठकका लागि तयार पारिएको प्रस्तावमा लेखिएको छ ।‘

समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्दति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सवैप्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ अध्यक्षद्वयको प्रस्तावमा भनिएको छ,।