भान्छामा ग्याँस पड्कियो एक जना घाईते ,
भदौ २७ ,काठमान्डौ – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका,९ महाङ्टारस्थित एक घरको भान्छामा ग्यास सिलिन्डर विष्फोट भएको छ ।
घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते छिन् । स्थानीय पुष्प ओझाको घरको भान्सामा बिहान ६ बजे सिलिन्डिर बिष्फोट भएको थियो ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रंग दर्पणलाई बताए ।
ग्यास कसरि पड्कियो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेका छौ उनले भने ।

