सामाजिक सञ्जालमा भने जस्तै सेनिटाइजरमा पाइयो विषाक्त रसायन सरकारले लगायो रोक,
भदौ २७ ,काठमान्डौ – सामाजिक सञ्जालमा केहि ब्याक्तिले प्रचार प्रसार गरेजस्तै सेनिटाइजरमा विषाक्त रसायन फेला परेको छ। तेस्ता सेनिटाइजरमा उत्पादन गर्ने कम्पनिलाई सरकारले रोक लगाएको छ।
औषधि व्यवस्था विभागले विभिन्न ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको बताएको हो ।
विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर ,तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको जनाएको छ ।
यो रसायनले मानिस स्वास्थ्यमा गम्भीर असर पार्ने भएको हुँदा उत्पादन प्रयोग नगर्न सबै सर्वसाधारणमा सुचना जारि गरेको छ भने त्व्स्ता कम्पनिलाई रोक्का राख्न राख्न आग्रह गरेको छ।
सामाजिक सञ्जालमा सेनिटाइजरको प्रयोगले मानिसको हातमा चाल जाने खटिरा आउने समेत गरेको केहि दिन यता विज्ञहरुले प्रतिक्रिया दिने गरेका थिए। यस्तो अभिव्यक्ति पछि सरकारले सबैलाई जता भावी नबोल्न भनेपनि अन्त्यमा स्वयम् सरकारले ति विषाक्त रसायन सेनिटाइजरमा अरोक लगाएको हो।


