क्याप्टेन विजय लामालाई कोरोना पुष्टि,
भदौ २९ ,काठमान्डौ – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका उनले परिक्षणको लागि आइतबार स्वाब दिएका थिए ।
उनको रिपोर्ट आईतबार पोजेटिभ आएको र ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिएका हुन् ।
दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ । यो भन्दा अगाडीपनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।

