Gold
Bangad salyan

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने मन्त्रिपरिषद्‍को निर्णय ,

भदौ २९ ,काठमान्डौ – सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रिले रंग दर्पणलाई बताए। राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।

सोहि सिट पदपूर्तिको लागि पार्टीको निर्णयको आधारमा सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।