Gold
Bangad salyan

आज मन्त्रिपरिषद बैठक बस्दै कुलमानको पुन: नियुक्तिको कुरा उठ्ला त ,

असोज १ ,काठमान्डौ – प्रधानमन्त्री निवास वालुवाटारमा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक बस्दै छ।

आजको बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने र यो नियमित बैठक रहेको वालुवाटार श्रोतले जनाएको छ।

सम्भवत आज कुलमानको पुन : नियुक्तको प्रस्तवाको बारेमा पनि छलफल हुने एक मन्त्रिले बताए।

उर्जा मन्त्रालयले कुलमानको पुनर्नियुक्तिको लागि गत मन्त्रिपरिषदको बैठकमानै प्रस्तावना लागिसकेको उर्जा मन्त्रालय श्रोतले जनायो।

चार वर्ष कार्यकाल पुरा गरिसकेका उज्यालो अभियान्ता कुलमानको पुन: नियुक्तिको लागि दैनिक राजधानी लगायत विभिन्न ठाँउमा आवाज उठिरहेका छन्।