Gold
Bangad salyan

उपत्यकामा पनि कोरोना बढ्यो ८५९ संक्रमित फेला माईतिघरको हुल जुलुस रोक्न मन्त्रालयको आग्रह ,

असोज २ ,काठमान्डौ – देशभरमा जस्तै उपत्यकामा पनि कोरोना संक्रमित बढेको पाईएको छ। आज सबैभन्दा बढी उपत्यकामा ८५९ जना कोरोना संक्रमित फेला परेका छन् ,जसमा काठमान्डौमा मात्रै ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित थपिएका छन् ।

तेस्तै आज देशभर सबै भन्दा बढी संक्रमित २०२० जना फेला परेका छन्। दैनिक जस्तो काठमान्डौमा हुल जुलुस गरेपछि कोरोना बढेको भन्दै स्वास्थ्य मन्त्रालयले तत्काल तेस्तो क्रियाकलाप रोक्न आग्रह गरेको छ।

६० वर्ष देखि माथिका जो सुकै नागरिक अत्यावस्यक काम नपरी बाहिर ननिस्कन र निस्कनैपरे स्वस्थ्य मापदण्डको पालना गर्ने अनिवार्य माक्स लगाउनुपर्ने सिनिटाईजर प्रयोग गर्न मन्त्रालयले बताएको छ।