नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड भएपछि सचिवालय पहिलो बैठक पेरिसडाँडामा बस्दै ,
असोज ४ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज आइतबार बस्दैछ । गत २ गते असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
अब भने पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बैठक बस्ने छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको कार्यकारी अध्यक्षकोको अधिकार प्रयोग गर्न पाउनेभएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो ।
यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।
बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने र मन्त्रिपरिषद् पुनगर्ठनकोे मापदण्डका बारेमा समेत छलफल हुने एक नेताले बताए ।

