लमजुङ बाढीपिडितलाई कलाकार रमेश कुताल क्षेत्रिको ५६,८०३ हजार आर्थिक सहयोग,
असोज ५ ,काठमान्डौ – कलाकार रमेश कुताल क्षेत्रिले लमजुङ बाढीपिडितलाई ५६,८०३ हजार आर्थिक सहयोग गरेका छन्।
जापानमा रहँदै गरेका क्षेत्रिले आफु र आफ्ना साथीभाईहरुबाट संकलन गरि पठाएको रकम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजिले बाढी पिडित प्रशान्त तामाङ गोम्जालाई प्रतिस्ठानको कार्यालयमा हस्तान्तरण गरेका हुन्।
लमजुङ जिल्ला राइनस नगरपालिका गत सुन ७ गते आएको बाढी पहिरोले प्रशान्त तामाङ गोम्जाको घर पुरेको थियो।
उहाँको परिवार स्थानिय छिमेकीको परिवारमा आश्रय लिएर बस्ने गरेका छन्। संस्थागत विश्वास र सहयोगका लागि अध्यक्ष बिजिले हार्दिक धन्यवाद दिएका हुन् ।

