Gold
Bangad salyan

वीर अस्पतालमा मृतकको अंग निकालेको खुलासा अस्पताल बाहिर प्रदर्शन ,

असोज ६ ,काठमान्डौ – काठमान्डौको वीर अस्पतालमा मृतक एक जनाको अंग निकालेको भन्दै अस्पताल बाहिर प्रदर्शन भएको छ।

भैरहवाका ६३ वर्षीय राम लखन जैसवाल काठमान्डौको सेन्ट्रल जेल सजाए भोगिरहेका आफन्त बताउछन ।जेल सजाए भोजेरा यहि २२ गते रिहाई हुने अवस्थामा रहेका उनि एक्कसी मृत भएको खबर सुनेपछि आफन्त अस्पताल पुगेका थिए।

आफन्त वीर अस्पतालमा पुग्दा उनको घाँटी रेटीएको ,आँखा निकालेको निधारभरि चोट ,किड्नी निकालेको भन्दै अस्पताल घेराउ गरिएको छ।

अस्पतालले भने कोरोना पुस्टि भएको बताउँदै शवलाई देखाउन नमानेको बताईएको छ। तेस्तै सामाजिक अभियन्ता भनिने पुण्य गौतम वीर अस्पताल पुग्नासाथ प्रहरीले भ्यानमा हालेर लगेको देखिन्छ।

तेस्तै आफन्तलाई अस्पतालका गार्डले समेत हातपात गरेका छन् भने प्रहरीले नागरिकमाथि दुर्व्यवहार गरेको खुलेको छ। मृतकको बारेमा तत्काल छानबिन गरि सत्य तथ्य बाहिर ल्याई दोषीलाई कर्बहिगर्नुपरने माग आफन्तले गरेका छन्।