तिन दिन अझै लगातार वर्षा हुने जल तथा मौसम विज्ञान ,
असोज ८ ,काठमान्डौ – केहिदिन यता लगातार परिरहेको अविरल वर्षा अझै लगातर शनिबार सम्म वर्षा हुने जना तथा मौसमविज्ञानले जनाएको छ।
भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिईन ।
आज र भोलि देशका विभिन्न स्थानमा भारि वर्षा हुने छ र भईरहेको छ। आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक- दुई ठाउँमा निकै ठूलो पानी पर्ने तथा सबै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मानन्धरको पूर्वानुमान छ ।
तेसै गरि शनिबार पनि प्रदेश १ र २ का थोरै ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको छ। यस्तै, देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सामान्यत यो वर्ष आज सम्म मनसुन सकिने बेला हो तर झन् सक्रिय भएको महाशाखाले जनाएको छ ।

