दार्चुलामा प्रहरीका सई मृत भेटिए,
असोज ९ , दार्चुला – दार्चुलाको होटलमा बास बसेका नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् ।
महाकाली नगरपालिका,४ बंगाबडाको एक होटलमा कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृ,त फेला परेका हुन् ।
शुक्रबार बिहान उनको शव बाथरुम अगाडी लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार उनको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए ।
हुती जाने क्रममा उनी होटलमा बास बसेका थिए । बाथरुममा लडिरहेका सईलाई आस्पताल लागेपनि डाक्टरले मृ,त घोषित गरेका थि ।
मृ,त्यु के कसरि भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको जोशीले बताए।

