Gold
Bangad salyan

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने छ जना पक्राउ,

असोज १२ ,काठमान्डौ – चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका नेपाल विद्यार्थी संघका छ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

आज काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो।‘उनीहरुले चिनौं सीमाना जोगाऔं माटो’ अभियान अन्तर्गत दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

कर्णाली प्रदेशको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको दाबीसहित उनीहरूले दूतावासअगाडि प्रदर्शन गरेका हुन्।

नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेर मालीगाउँमा राखेको छ। उनीहरुलाई विनासर्त रिहाई गर्न नेविसंघले माग गरेको हो।

हालै हुम्लाको सीमा क्षेत्र पुगेर सरकारी टोलीले गरेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्न निविसंघले माग राखेका छन्।सरकारले भने नेपालको सिमा चीनले नामिचेको दावी गर्दै आएको छ।