Gold
Bangad salyan

होटेल मालिकले कुट्दा ग्राहकको मृ,त्यु ,

साउन १३ , विराटनगर – होटेल संचालकको कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। मोरङको उर्लाबारी नगरपालिका,७ युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा होटलमा खाना आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

आइतबार राति ११:३० बजेतिर मल्लिक होटेलमा आएका थिए,उनले बाहिरबाट मादक पदार्थ सेवन गरेर श्रीमती कञ्चनसहित युनिक होटेलमा पुगेका थिए ,होटेल मालिक र मल्लिकको केहि छिन विवाद समेत भएको थियो।

तामाङले कुटपिट गर्दै धकेलेर लडाइदिँदा मल्लिक बेहोस भएर ढलेका थिए ।उनको टाउकोमा चोट लागेपछि उपचारका लागि तत्काल उर्लाबारीको गोदवारी अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । बी एण्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रेफर गरेको थियो ।

सिलिगुडी पुर्‍याएर उपचार थालिएका मल्लिकको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले बताए । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि नेपालमै बसेर सुनका गहना बनाउने काम गर्दै आएको प्रहरीले जनाएको छ ।

संखुवासभा घर भएका गोपाल तामाङ उर्लाबारी ७ मा होटेल व्यवसायी गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीले कुटपिटमा संलग्न होटल सञ्चालक तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीको छ ।