Gold
Bangad salyan

गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षागर्न चिकित्स संघको माग ,

असोज १४ ,काठमान्डौ – नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागलाई सम्बोधन गरि अविलम्व वार्ता गरि उनको जीवन रक्षागर्न सरकारसंग माग राखेको छ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि डा गोविन्द केसीले गरेको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्नु सरकारको प्रमुख दायित्व रहेको भन्दै जोडदार माग समेत गरेको हो।

संघका महासचिव डा बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा केसीको सत्याग्रहको आज १७ औं दिन भइसक्दा उनको जीवन रक्षाकालागि सरकारले कुनै पहल नगरेको उल्लेख छ।

संघले डा केसीको जीवन रक्षाका निम्ति कठोर कदमहरु चाल्ने परिस्थिति सिर्जना नगरी वार्ताको सहजीकरणको भूमिका निर्वाह तयार गर्न समेत विज्ञप्तिमा उल्लेख छ।

सरकार आफैले डा. केसीसँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अंगको रुपमा स्थापित भई सकेको व्यहोरा सर्वविदितै छ ।

‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा. के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो ,विज्ञप्तिमा उल्लेख छ।

जुम्लामा १९ औँ सत्याग्रह सुरु गरेका केसीलाई काठमाडौं ल्याइएको छ,उनि अहिलेपनि उनी त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् । आफ्ना माग सामान्य भएको हुँदा सरकारले पुरा गर्न कुनै गारो नहुने समेत केसीले बताएका छन्।