आज पनि थप १९११ कोरोना संक्रमित थपिए ,
असोज १५ ,काठमान्डौ -आज देशमा थप १९११ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घन्टामा सरकारले १२४४४ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्या देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
तेस्तै हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या २१८३० रहेको छ ,ति मध्ये १०७६१ संथागत आईसोलेसनमा छ भने ११०६९ जना सोम आईसोलेसन्मा रहेका छन्।
तेस्तै देशका विभिन्न क्वारिन टिनमा ५०७७ जना रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।
तेस्तै गत पछिल्लो समयमा ९६१ जना डिस्चार्ज भएपछि हाल सम्म ५७,३८९ जना कुल संक्रमित निको भएका छन्। आजको मिति सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९,७२८ पुगेको हो।
पछिल्लो समय कोरोनाबाट ११ जनाको निधन भएपछि हाल कुल संख्या ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

