Gold
Bangad salyan

हाल सम्मकै उच्च कोरोना संक्रमित फेला आज २७ सय २२ जना ,

असोज १५ ,काठमान्डौ – नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमित देशमा २७ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

आज देशमा १४,७३९ पीसीआर परिक्षण परिक्षणमा उक्त संख्या फेला परेपछि देशभर कुल कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् ।

सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

गत २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ ,यो संगै नेपालमा कुल मृतक कोरोना संक्रमितको संख्या ५२० पुगेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित २१ हजार २ सय ३४ जना छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।