बझाङमा १२ वर्षपछी विमान संचालनमा विमान हेर्नेको घुईचो ,
असोज १७ ,बझाङ- बझाङमा रहेको देवल विमानस्थलमा १२ वर्षपछी शनिबार विमान उडान परीक्षण भएको छ । विमानस्थल कालोपत्रे गर्ने काम सकिएपछि नियमित उडान संचालन गर्नका लागि परीक्षण उडान गरिएको हो ।
विमानस्थलमा कालोपत्रे गरेलगतै आज समिट एयरको विमानले देवल विमान शनिबार दिउँसो १२ बजेर ४५ मिनेटमा सफल अवतरण गरेको थियो ।
परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रतिनिधिसभा सदस्यहरु भैरव सिंह, आसा विक, दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेशकी पर्यटनमन्त्री माया भट्ट, संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्वियुका संयोजक ऐन महरसहितका जनप्रतिनिधि तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारीसहितको टोली विमानमा बझाङ पुगेको थियो ।
सयौको संख्यामा जहाज हेर्न आएका हरुले विमाननजिक पुगेर तस्विर लिने काम गरेका छन् भनि उनीहरुको मनमा खुसि छाएको देखिन्थ्यो। परीक्षण उडानमा पर्यटन मन्त्रि योगेश भट्टराई सहित पुगेको टोलीलाई स्थानीयले स्वागत गरेका थिए।
विमान उडान सफल परिक्षण भएकोले अब छिट्टै उडान तालिका हुने पर्यटन मन्त्रि भट्टराईले बताएका थिए। उनले नियमित उडान सुरु भएपछि बझाङका नागरिकको आवतजावत सहज हुनुको साथै पर्यटन विकासको ढोका समेत खुल्ने बताए ।०
३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ सालसम्म सञ्चालनमा रहेको थियो ।
पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकामसम्म बस चल्न थालेपछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन् ।
२०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।अब हप्तामा कम्तिमा दुई उडान हुनसके आफुहरु खुसि हुने स्थानीय बताउछन ।
बझाङ नेपालको विकट जिल्लामा पर्दछ ,वर्षेनी बाढी पहिरोमा परि सयौले अकालमा ज्यान गुमाउने गर्दछन। तेस्तै बाढी पहिरोले सडक अवरुद हुँदा स्थानीय समयमा सहज ढंगले उपचारका लागि जिल्ला अस्पतालमा यातायात पुग्न नपाउँदा सयौ बिरामीको मृत्यु हुने गर्दछ।

