Gold
Bangad salyan

कर्णाली प्रदेश अस्पतालका ९१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ,

असोज १८ ,सुर्खेत – कर्णाली प्रदेशमा ९१ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि सेवा मात्र हैन अस्पतालनै बन्द हुने सम्भावनामा गएका छन्।प्रदेश अस्पताल सुर्खेतमा मात्र हालसम्म ६० जना स्वास्थ्यकर्मीहरु संक्रमति भइसकेका छन्।

प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतका अनुसार पछिल्लो समय दिनहु स्वस्थ्यकर्मीमा कोरोना संक्रमण देखिने गरेको छ भने एउटै स्वास्थ्यकर्मीमा दुई-तीन पटकसम्म कोरोना भईसकेको छ ।

बिरामी जाँच गर्दा गर्दै स्वास्थ्यकर्मीमाकोरोना फैलिने गरेपछि थप चुनौतीको विषय रहेको उनले बताए।तेस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि चिकित्सक र स्वास्थ्यकर्मी गरी ३१ जना कोरोना संक्रमित भईसकेका छन्।

पछिल्लो समय बिरामी हेर्ने स्वास्थ्यकर्मीनै धमा धाम संक्रमित भएपछि अस्पतालनै प्रभावित हुन थालेको छ। तेस्तै स्वस्थ्यकर्मीमा बढ्दो संक्रमणले जिल्ला अस्पताल कालिकोट, सल्यान अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आकस्मिक बाहेकका अन्य सेवाहरु बन्द गरेका छन् ।

एकैपटक २७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि आकस्मिक बाहेकका सेवाहरु बन्द गरिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताए।

यस्तै शुक्रबारदेखि जिल्ला अस्पताल कालिकोटले पनि आकस्मिक र प्रसुती सेवाबाहेकका सबै सेवा बन्द गरेको बताएका छ।

संक्रमित भएका स्वस्थ्यकर्मी कतिपए निको भएर समेत उनीहरुमा कोरोना पुन: देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालयका कालिकोटका कटकबहादुर महत बताउछन।

आकस्मिक सेवा बन्द हुँदा अस्पतालले दिने ओपिडी सेवा प्रभावित हुँदा बिरामीलाई सास्ती भोग्नुपरेको छ।कर्णाली प्रदेशमा हाल सम्म ४९२ जना सक्रिय कोरोना संक्रमितको उपचार भैरहेको छ।

तेस्तै पछिल्लो समय दैनिक जस्तो कर्णालीमा कोरोना संक्रमित थपिने गरेका छन् भने सुर्खेत जिल्लमा सबैभन्दा बढी कोभिड १९ का बिरामी देखिने गरेका छन्।

कर्णाली प्रदेशमा हाल सम्म ३७०० जना कोरोना संक्रमित फेला परिसकेका छन्। ३०४५ जना डिस्चार्ज भईसकेपनि कर्णालीका स्थानीय टोलमा समेत कोरोना संक्रमण फैलीएको अनुमानक छ।

हाल सम्म कर्णाली प्रदेशमा ७ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ। गत १५ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षीय चिफ कन्सल्टन्ट अर्थोपेडिक सर्जन डा. हरी सापकोटाको कोरोनाबाट मृत्यु भएको थियो ।