Gold
Bangad salyan

प्रदेश ५ को राजधानी विवाद निषेधाज्ञा तोड्दै वुटवलमा प्रदर्शन ,

असोज १८ ,रुपन्देही – प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई तोड्दै रुपन्देहीका व्यावसायिक संघसंस्थाले विहानैदेखि जुलुस निकालेका छन् । बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको जुलुस ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रर्दशनकारीहरुले रुपन्देहीको तिलोत्तमा, सैनामैना,भैरहवा लगायतका विभिन्न ठाउँमा जम्मा भएर आन्दोलन गरेका छन् । बिहानैदेखि कुनै सवारी साधनभने चलेका छैनन्।

प्रदर्शनका सहभागीले रुपन्देहीलाई राजधानी कायम गर्न माग राखेर आन्दोलन गरेका हुन् तेस्तै उनीहरुलाई नेताहरुलाई खबरदारी समेत गरेका छन्।

संघले राजधानी सार्ने प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।उक्त प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार बुटवल बन्दको आह्वान गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राति सूचना जारी गर्दै असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।

तेस्तै प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले आजै सर्वदलीय बैठक बोलाएको छ।