डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या सासफेर्न देखि मुटुको चालमा गडबडी ,
असोज १९ ,काठमान्डौ – २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ , ।
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनशनरत केसीलाई स्वासफेर्न गार्हो हुने मुटुको चालमा गडबडी भएपछि चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।
उनलाई अहिले फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिने गरिएको छ ।
सास फेर्न गाह्रो भएको बेला एसपी ओटू (अक्सिजनको स्तर) घटेर ९०,९१ प्रतिशत भएपछि अक्सिजन दिन थालिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डा. सुवासप्रसाद आचार्यले बताए ।
केसीलाई आईसीयुमा भर्न अगरना खोज्दा अस्विकार गर्नु भएको छ आचार्यले भने। उनको छातीमा समस्या ,चक्कर लाग्ने ,मांसपेशी दुख्ने र बाउँडिने ,बान्ता हुने जस्ता स्वास्थ्यमा समस्या देखिने गरेको आचार्यले बताए।
डा. केसीले ‘इलेक्ट्रोलाइट्स रिप्लेसमेन्ट’ लगायतका अन्य तरल पदार्थ लिन अस्वीकार गरेका छन् । अहिले जता ततै कोरोनाको संक्रमण बढिरहेको हुँदा आगन्तुकलाई केसीसंग भेटघाट बन्द गरिएको छ।
सास फेर्दा उत्पन्न हुने आवाज डा. केसीको दाहिनेपट्टि तल्लो भागमा कमी पाइएको छ । ईसीजी र छातीको एक्सरे भने सामान्य छ । आपत्कालीन अवस्था नआओस् भनेर नसा खुल्ला राख्न नर्मल सलाइन चढाइराखिएको छ ।
तेस्तै डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखापर्द समेत सरकारले वेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर माग पुरा गर्न चेतावनी दिएको छ।
संघले विशेषज्ञ समाज, पूर्वअध्यक्ष/महासचिव, उपत्यकाका अस्पतालका निर्देशकहरू र परिषद् सदस्यहरूसँग बृहत् छलफल गरेपछि सरकारलाई अल्टिमेटम दिने निर्णय गरेको हो ।
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरूले डा. केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन आइतबार दुई घण्टा धर्ना दिएका छन् ।
२४ घण्टाभित्र वार्ता टोली गठन गरी डा. केसीको जीवनरक्षा गर्न सरकार अग्रसर नभए सबै आवासीय चिकित्सकले थप कडा कार्यक्रम ल्याउने चेतावनी दिए पनि कुनै प्रतिक्रिया नआएको उनीहरूले जनाएका छन् ।

